Below Menu
Below Menu

प्रतितोला चार सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

प्रतितोला चार सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

Advertisment