Below Menu
Below Menu

जलविद्युत क्षेत्रका तीन उद्योगका लागि करिब १८ अर्ब लगानी प्रस्ताव 

जलविद्युत क्षेत्रका तीन उद्योगका लागि करिब १८ अर्ब लगानी प्रस्ताव 

काठमाडौं : जलविद्युत्त क्षेत्रका तीन उद्योगका लागि करिब १८ अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा तीन हाइड्रोपावरका लागि १७ अर्ब ८४ करोड ९६ लाख ३७ हजार रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो ।

विभागका अनुसार ताप्लेजुङको फुङिलङ गाविस वडा न. ५ मा बन्न लागेको सिम्बुवा रेमिट हाइड्रोपावरका लागि १३ अर्ब ४४ करोड ३ हजार रुपैयाँ लगानी प्रस्ताव आएको छ । उक्त हाइड्रोपावर ७०.३ मेगावाटको रहेको छ भने वार्षिक बिक्रीयोग्य उर्जा ३७८.९६ गिगावाट रहेको छ । त्यसैगरी सुख्यायाममा ११७.४३ गिगावाट विद्युत उत्पादन हुनेछ भने वर्षायाममा २६१.५३ गिगावाट विद्युत उत्पादन हुनेछ ।

त्यस्तै, लमजुङमा निर्माण हुन लागेको म्यार्दी खोला हाइड्रोपावरका लागि ४ अर्ब २२ करोड ९६ लाख ३३ हजार रुपैयाँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ । उक्त हाइड्रोपावर २७.५० मेगावाटको रहेको छ ।

त्यसैगरी, पर्सामा बन्न लागेको तराई इनर्जीका लागि १८ करोड रुपैयाँ लगानी प्रस्ताव आएको विभगाको तथ्यांकमा उल्लेख छ । उक्त उद्योगको विद्युत उत्पादन क्षमता २.३ मेगावाट रहेको छ भने सौर्य विद्युत उत्पादन ४.२८१५ गिगावाट रहेको छ । 
 

Advertisment

थप समाचार