सुनको मूल्य स्थिर, चाँदी घट्यो 

सुनको मूल्य स्थिर, चाँदी घट्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबा प्रतितोला आठ सय रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहेको हो । त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।  

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

थप समाचार