Below Menu
Below Menu

प्रतितोला छ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

प्रतितोला छ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।  

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

Advertisment

थप समाचार