काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment