Below Menu
Below Menu

अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार, यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति 

अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार, यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा नयाँ ऐतिहासिक रेकर्ड कायम भएको छ । 

राष्ट्र बैंकका अनुसार एक महिनामै एक खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । त्यसैगरी वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.५२ प्रतिशत रहेको छ ।

यस अवधिमा आयात १.६ प्रतिशतले, निर्यात ८.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घटेको छ । त्यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.८ प्रतिशतले र अमेरिकी डलरमा २१.५ प्रतिशतले बढेको छ ।

पछिल्लो समय मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार हुँदै गएको देखिएको छ । यस अवधिमा शोधनान्तर स्थिति ३२ अर्ब ९० करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति १५ खर्ब ७३ अर्ब १२ करोड र अमेरिकी डलरमा ११ अर्ब ८५ करोड रहेको छ ।

नेपाल सरकारको खर्च ३५ अर्ब ४ करोड र राजस्व परिचालन ७८ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । त्यसैगरी विस्तृत मुद्राप्रदाय २.४ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.८ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.३ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.१ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.८ प्रतिशत रहेको छ ।

Advertisment

थप समाचार