Below Menu
Below Menu

सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि, कति पुग्यो तोलामा ? 

सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि, कति पुग्यो तोलामा ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

Advertisment