Below Menu
Below Menu

गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा विभिन्न १३ उद्योग बन्ने  

गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा विभिन्न १३ उद्योग बन्ने  

काठमाडौं : गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा खाली रहेको जग्गाका १४ वटा प्लटमा उद्याृग स्थापना हुने भएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दै सप्तरीमा रहेको उक्त क्षेत्रको खाली जमिनमा विभिन्न १३  वटा उद्योगहरु स्थापना हुने जनाएको हो ।

कार्यालयका अनुसार औद्योगिक क्षेत्रमा खाली रहेको जग्गामा विभिन्न उद्योगहरुले दिएको प्रस्ताव अनुसार उद्योगहरु स्थापनाका लागि प्रस्ताव स्वीकृत गरिएको हो । उद्योग स्थापना गरी सञ्चालन गर्ने उद्देश्यका लागि उद्योग तथा उद्योगीहरुलाई लिजमा दिने पनि सूचनामा उल्लेख छ ।

औद्योगिक क्षेत्रमा खाली रहेको जग्गा (संकेत नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १३, १४, १५ र १६) मा यी उद्योगहरु स्थापना गर्न लागिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार छनोट भएका उद्योग तथा उद्योगीहरुमा प्लाष्टिक्स डोरी उत्पादन गर्ने ओम सत्य साई प्लाष्टिक उद्योग, इलेक्ट्रिकल कन्ट्रोल प्यानल उत्पादन गर्ने भावना इलेक्ट्रिकल ई. वक्र्स, कपडा उत्पादन गर्ने नेपो इन्टष्ट्रिज प्रालि, प्लाष्टिक्स सिट तथा पाउच उत्पादन गर्ने संघाई प्लाष्टिक इन्डष्ट्रिज प्रालि रहेका छन् ।

त्यसैगरी, स्न्याक्स तथा नुडल्स जस्ता खाद्य सामग्री उत्पादन गर्ने पिंकी कुमारी साह र सतिस कुमार साहु, फुड सप्लिमेन्ट उत्पादन गर्ने बायोभिटा हेल्थ केयर प्रालि, बायोमास तथा कोल उत्पादन गर्ने हर्ष कुमार यादव, शुद्ध खानेपानी उत्पादन गर्ने नेपो मिनिरल्स र  प्लाष्टिक सिट तथा झोला उत्पादन गर्ने श्री प्लाष्टिक उद्योग रहेको कार्यालयद्वारा जारी सूचनामामा उल्लेख छ ।

कार्यालयका अनुसार बन्न लागेको अन्य उद्योगमा औषधिजन्य उत्पादन गर्ने आर्य फर्मा ल्याब प्रालि र इनर्जी ड्रिंक उत्पादन गर्ने एग्रो थाई फुड्स प्रालि रहेका छन् । कार्यालयले मदिरा उत्पादन गर्ने कमालु डिस्टिलरी प्रालिलाई भने प्रतिक्षा सूचिमा राखेको छ । 


 

Advertisment

थप समाचार