काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो । त्यस्तै, आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment