Below Menu
Below Menu

प्राधिकरणद्वारा जलविद्युत आयोजनाको पिपिए खुला, प्रवद्र्धकले ३५ दिनभित्र आवेदन दिनुपर्ने 

प्राधिकरणद्वारा जलविद्युत आयोजनाको पिपिए खुला, प्रवद्र्धकले ३५ दिनभित्र आवेदन दिनुपर्ने 

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाहरुको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गर्ने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै पीपीए गर्न नदी प्रवाही जलविद्युत (आरओआर) र अर्धजलासययसक्त (पिआरओआर) आयोजनाका लगानीकर्ताहरूलाई बोलाएको हो ।

प्राधिकरणका अनुसार आयोजनाहरुको पीपीएका लागि आरओआरको माथिल्लो सीमा ६ हजार ७५० मेगावाट र पिआरओआरको ४ हजार ५०० मेगावाट तोकिएको छ । प्राधिकरणले तोकेको सीमा नपुगेसम्म पिपिए खुला गर्ने र विद्युत् जडान सम्झौता (ग्रिड कनेक्सन एग्रिमेन्ट) भएको मितिलाई आधार मानी रोल क्रम अनुसार पिपिए कारबाही प्रक्रिया बढाउने जनाएको छ ।

प्राधिकरणले विद्युत जडान सम्झौता भई पिपिएको प्रक्रियामा रहेका आयोजना र विद्युत नियमन आयोगबाट पिपिएको मस्यौदामा सहमति प्राप्त भइ हस्ताक्षर गर्ने प्रयोजनको अख्तियारीका साथै परफरमेन्स बैंक जमानत र पिपिए शुल्क बुझाउन विद्युत व्यापार विभागबाट पत्राचार गरिएका प्रवद्र्धक कम्पनीसँग पिपिएका लागि आवेदन माग गरेको छ । 

सूचना प्रकाशित भएको आगामी ३५ दिनभित्र प्रवर्दकले रितपूर्वक आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र निवेदन प्राप्त नभएमा वा प्राप्त निवेदनमा आवश्यक कागजात र दस्तावेज संलग्न नभएमा त्यस्ता आयोजनालाई पिपिएको रोलक्रमबाट हटाइने पनि प्राधिकरणले जनाएको छ ।

त्यस्तै रोल क्रमका आधारमा ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका आयोजनाको पिपिए प्रक्रिया अघि बढाउने प्राधिकरणले जनाएको छ । पिपिएको प्रक्रियाबाट हटाइएका आयोजनाहरूलाई भने त्यसपछिको क्रममा समावेश गरी प्राधिकरणबाट पछि हुने निर्णय बमोजिम पिपिएको प्रक्रियामा समावेश गर्न सकिने छ ।

स्वीकृत सीमाभित्र परेर पनि रीतपूर्वकका काजगजात नपुगी पिपिए प्रक्रियामा अघि बढ्न नसकेका आयोजनाहरू तथा विद्युत् नियमन आयोगबाट सहमति पाइसकेर पनि बैङ्क जमान तथा पिपिए शुल्क सहित पिपिए गर्न आउने पत्र जारी हुँदा समेत पिपिए नआउने प्रवर्द्धक कम्पनी तथा आयोजनाहरूको सूची प्राधिकरणको वेबसाइटमा राखिएको छ । 


 

Advertisment

थप समाचार