Below Menu
Below Menu

आर्थिक मन्दीले सहकारी संकटमा गयो, बचाउन लागौं: के.बी. उप्रेती 

आर्थिक मन्दीले सहकारी संकटमा गयो, बचाउन लागौं: के.बी. उप्रेती 

काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी क्षेत्रलाई बचाउन आवश्यक रहेको बताएका छन् । सोमबार महिला आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘देशको आर्थिक स्थिति कमजोर भएको छ। यसले सहकारी क्षेत्र पनि संकटमा गएको छ। सहकारी क्षेत्रलाई बचाउन आवश्यक छ।’

समाजमा आर्थिक उपार्जन र स्वावलम्बनमा सहकारीको आवश्यकता रहेको उनको भनाई छ। साथै उनले सहकारीलाई बचाएर मात्र तरलता व्यवस्थापन र नेतृत्व विकासका कामहरू गर्नुपर्ने बताए।

Advertisment