काठमाडौं : स्वतन्त्र उर्जा उत्पादक संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत क्षेत्र संकटमा जान लागेको बताए। सोमबार महिला आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘लगानी अभावका कारण जलविद्युत क्षेत्र संकटमा जाँदैछ। जलविद्युत क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको छ।’ निजि क्षेत्रलाई सरकारको संरक्षण र प्रवर्द्धनको आवश्यकता रहेको उनले बताए।
निजि क्षेत्रलाई सरकारको संरक्षणको आवश्यकता रहेको बताउँदै उनले बैंकिङ क्षेत्रबाट जलविद्युत क्षेत्रमा धेरै लगानी भए पनि केहि विमती रहेको बताए।
Advertisment