- नोटको जतन गर्न अनिवार्य रूपमा मनी ब्याग प्रयोग गर्ने बानी बसालौं ।
- नोटमा जथाभावी केरमेट नगरौं ।
- समान दरका नयाँ अथवा सुकिला दुवै किसिमका नोटको मूल्य समान हुने भएकाले सकेसम्म सुकिला नोटको प्रयोग गर्ने बानी बसालौं ।
- नयाँ नोट छपाइ गर्न ठूलो मात्रामा सम्पत्ति खर्चिनुपर्ने भएकाले नोटको जतन गरी देशको सम्पत्ति जौगाऔं ।
- नोटलाई माटो, धमीरा, आगो र पानीबाट जोगाऔं । नोटलाई गाड्ने, धेरै समयसम्म पोको पारेर राख्ने गर्नाले नोट सड्ने डर हुने हुँदा यस्तो कार्यलाई निरुत्साहित गरौं ।
- नोटको हिफाजत गर्ने कुरा आफूले पनि मनन गरौं र अरुलाई पनि सिकाऔं ।
- नोटको कारोबार गर्दा फोहोर गर्ने प्रवृत्तिलाई त्यागौं।
- पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातहरूले सकेसम्म नछोऔं ।
- नोट टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रो हुने तथा नोटको आयु घट्ने भएकाले जतन गरौँ ।
-नोटमा स्टिचको प्रयोग नगरौँ, भुक्तानी कारोबारमा जाली वा शङ्कास्पद नोटहरू पाइएमा नजिकैको राष्ट्र बैंकमा वा अन्य बैंकमा खबर गरौँ, नोटमा रङ्ग, पानी, दूध, रगतलगायत नपारौँ’ लगायतका सचेतना जगाउने काम गर्न विभागले आग्रह गरेको छ ।