Below Menu
Below Menu

मिर्मिरे लघुवित्तको एफपिओ बिहिबार बाँडफाँट हुने 

मिर्मिरे लघुवित्तको एफपिओ बिहिबार बाँडफाँट हुने 

काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ कात्तिक १६ गते अर्थात बिहिबार बाँडफाँट हुने भएको छ । असोज २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणमा निष्कासन गरेको एफपीओ बिहिबार बिहान ८ः३० बजे बाँडफाँट गरिने बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । 

कम्पनीको एफपिओमा अन्तिम दिनसम्म १३०.६३ गुणा आवेदन परेको छ । लगानी कर्ताहरुले १४ लाख २१ हजार ७७७ जनाले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन दिएका थिए । जसमा १२ हजार ३८१ जनाले मात्र शेयर पाउने छन् भने बाँकी १४ लाख ९ हजार ३९६ जनाकोहात खाली हुनेछ । 

संस्थाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता शेयर निष्काशन गरेको थियो । लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गरेको थियो । 


 

Advertisment

थप समाचार