काठमाडौं : नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँले घटाएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगमले जनाएको छ।
पेट्रोल र खान पकाउने ग्याँसको मूल्य भाे हाललाई यथावत राखिएको निगमले जनाएको छ ।
घटेको मूल्य राति १२ बजेपछि लागू हुनेछ ।