Below Menu
Below Menu

ब्याज आम्दानी बढेसँगै ग्लोबल आईएमई लघुवित्तले कमायो तीन करोडबढी नाफा  

ब्याज आम्दानी बढेसँगै ग्लोबल आईएमई लघुवित्तले कमायो तीन करोडबढी नाफा  

काठमाडौं : ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा संस्थाले तीन करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ ।

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २१.१४ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले २ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै संस्थाको नाफा बढेको हो ।

गत आवको सोही अवधिमा कम्पनीले १३ करोड ६८ लाख ६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो भने चालु आवको असोज मसान्तसम्म संस्थाले १५ करोड ५७ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा संस्थाको ब्याज आम्दानी १३.८५ प्रतिशतले बढेको छ । त्यस्तै सञ्चालन नाफा २६.७४ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीको नाफा बढेसँगै संस्थाको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवमा १९ रुपैयाँ ३६ पैसा रहेको संस्थाको प्रतिशेयर आम्दानी बढेर चालु आवको असोज मसान्तसम्म आइपुग्दा २१ रुपैयाँ ९८ पैसा पुगेको छ । त्यस्तै यस अवधिमा कम्पनीको निष्क्रिय कर्जा भने २.७३ प्रतिशतबाट बढेर ४.७६ प्रतिशतमा पुगेको छ । 
 

Advertisment

थप समाचार