काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार तीन सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार पाँच सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।