Below Menu

भन्सार विभागले उठायो चार महिनामा १ खर्ब ३६ अर्ब राजस्व 

भन्सार विभागले उठायो चार महिनामा १ खर्ब ३६ अर्ब राजस्व 

काठमाडौं : भन्सार विभागले चालू आर्थिक वर्षको चार महिनामा एक खर्ब ३६ अर्ब रुपैयाँ बराबरको रावस्व संकलन गरेको छ । विभागले गत साउनदेखि कात्तिकसम्मको भन्सारमार्फत उक्त रकम बराबरको राजश्व संकलन भएको हो ।

Sponsored Advertisement

कात्तिकसम्म १ खर्ब ९७ अर्ब रुपैयाँ भन्सार राजश्व उठाउने लक्ष्य लिएको सरकारले यस अवधिमा लक्ष्यकोे ६९.०३ प्रतिशत मात्र राजस्व संकलन गरेको हो ।

त्यस्तै असोज मसान्तसम्म १ खर्ब ४५ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लिएकोमा सरकारले लक्ष्यको ७४ प्रतिशत मात्र रावस्व उठाएको थियो । असोज मसान्त अर्थात चालु आवको तीन महिनामा सरकारले १ खर्ब ८ अर्ब रुपैयाँमात्रै राजश्व संकलन गरेको थियो । 

यसका साथै विभागले कात्तिक महिनामा लक्ष्यको ५३.३४ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । यस अवधिमा ५२ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २७ अर्ब ५६ करोड रुपैयाँ मात्रै संकलन गरेको हो । विभागले कात्तिकमा भन्सार महसुल मार्फत लक्ष्यको ४८.३ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । 

विभागले यस अवधिमा ५ अर्ब ९१ करोड रुपैयाँ भन्सार महसुल उठाउने लक्ष्य राखेकोमा १२ अर्ब ३८ करोड रुपैयाँ मात्रै संकलन गरेको हो ।  विभागले १९ अर्ब ८० करोड रुपैयाँ मूल्य अभिवृद्धि कर उठाउने लक्ष्य राखेकोमा १२ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ ।

त्यस्तै अन्तशुल्क मार्फत ५ अर्ब २ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको विभागले २ अर्ब २१ करोड रुपैयाँ र एक अर्ब ५ करोड रुपैयाँ सडक मर्मत तथा सुधार दस्तुर उठाउने लक्ष्य राखेको ४१ करोड रुपैयाँ मात्रै संकलन गरेको हो । 

थप समाचार