प्रतितोला पाँच सयले बढ्यो सुन 

प्रतितोला पाँच सयले बढ्यो सुन 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार दुई सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।ब
 

थप समाचार