काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार पाँच सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।ब