काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आजदेखि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । मेलाको उद्घाटन गर्दै देवराज सभामुख घिमिरेले निजी क्षेत्रले वर्षौदेखि उठाइरहेको प्रदर्शनी स्थल निर्माणको कार्यलाई अगाडी बढाउन आफना तर्फबाट पहल गर्ने विश्वास दिलाएका छन् ।
अन्तराष्ट्रिय व्यापार मेलाको यो नवौ स्करण हो । मेला नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना भएको हो । मेलाको सह आयोजकमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघ रहेका छन् ।
निजी क्षेत्रले करिव तीन देशकदेखि स्तरीय प्रदर्शनी स्थल निर्माणका लागि सरकारलाई आग्रह गर्दै आएको छ । उच्चस्तरीय प्रदर्शनी स्थलको अभावमा व्यवस्थित रुपमा मेला महोत्सव आयोजनामा ठूलो कठिनाई भइरहेको छ ।
उच्चस्तरीय प्रदर्शनी स्थल भएमात्र मेला महोत्सवको आयोजनालाई उत्कृष्ट रुपमा व्यवस्थापन गर्न सकिनेमा महासंघको जोड छ । मंसिर १८ गतेसम्म चल्ने नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा नेपाल सहित चीन, भारत, बंगलादेश, पाकिस्तानका गरी करिव २१० स्टलहरुमा मार्फत विभिन्न वस्तुु तथा सेवाको प्रदर्शनी गरिएको छ ।
मेलाको प्रमुख प्रायोजक आइएमई पे, इन्सोरेनस पाटनर सगरमाथा लुम्बिनी इन्सोरेन्स, सह प्रायोजक हेरिटेज प्mलोरिङ कार्पेट इण्डष्ट्रि, आईएमएस ग्रुपको सहयोग रहेको छ । नेपाली तयारी पोशाक उद्योग संघ, नेपाल जुत्ता उत्पादक संघ, नेपाली युवा उद्यमी मञ्च मेलामा सहयोगी रहेका छन् ।
Advertisment