काठमाडौं : मंगलबारदेखि ऋणमुक्त भएको नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोल २ रुपैयाँ र डिजेल/मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ घटाइएको हो ।
मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७० र डिजेल/मट्टीतेल प्रतिलिटर १ सय ६० रुपैयाँ पर्नेछ । नयाँ मूल्य आज (बिहीबार) मध्यरातिदेखि लागू हुनेछ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) ले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढेको छ ।
तर, निगमले ग्यासको खुद्रा बिक्री मूल्य यथावत् (१८५० रुपैयाँ) राखेको छ ।