Below Menu
Below Menu

एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी छैन: अर्थमन्त्री महत

एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी छैन: अर्थमन्त्री महत

चितवन : अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी गराएका छन् । पत्रकारसँग कुराकानी गर्दै उनलेअर्थतन्त्रले लय समाउन थालेको बताए ।

‘नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन्’, उनले भने ।

अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको जनाउँदै उनले ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन समय लाग्दा अर्थतन्त्रमा केही समस्या देखिएको बताए । निर्णयका आधारमा सहजरूपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा  जग्गामा, सेयरबजार र क्रिप्टोमा पनि भित्रीरूपमा गएको जनाउँदै उनले त्यसको प्रतिफल आउन ढिला भएको बताए । 

उनले भने, ‘घरजग्गाको कारोबारमा सुधार हुन लागेको छ । ऋण लिएर सही ठाउँमा लगानी गर्दा पनि परिणाम पाउन नसकेकाहरूको हकमा ब्याज, समय थपलगायतका विषयमा सरकारले राहतका लागि कोसिस गरिरहेको छ’

सञ्चारकर्मीको जिज्ञासामा उनले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताए । उनले, “हामी सूचना लिइरहेका छौँ । यसको नियमन गर्ने निकाय टेलिकम हो । यो ठूलो किनबेच  गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ ।’ आधिकारिकरूपमा सरकारलाई जानकारी नभएको जनाउँदै उनले यसले पार्ने प्रभावका विषयमा टेलिकमका पदाधिकारसँग बुझ्दै गरेको जानकारी दिए ।

Advertisment

थप समाचार