प्रतितोला सात सयले घट्यो सुन, चाँदी स्थिर  

प्रतितोला सात सयले घट्यो सुन, चाँदी स्थिर  

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँ तेजावी सुनको मूल्य एक लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार