Below Menu
Below Menu

म्युचुअल फण्डको योजना व्यवस्थापक बन्न गरिमा क्यापिटलाई बोर्डको अनुमति

म्युचुअल फण्डको योजना व्यवस्थापक बन्न गरिमा क्यापिटलाई बोर्डको अनुमति

काठमाडौं : नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को योजना व्यवस्थापक तथा डिपोजीटरीको रुपमा कार्य गर्न गरिमा क्यापिटललाई अनुमतिपत्र दिएको छ । 

बोर्डले मङ्सिर महिना २२ गते धितोपत्र सम्बन्धी ऐन तथा सो ऐन अन्तर्गत बनेको नियम तथा अन्य प्रचलित कानूनको अधिनमा रही कम्पनीलाई सामूहिक लगानी कोषको योजना व्यवस्थापक र डिपोजिटरीको रुपमा कार्य गर्ने अनुमतिपत्रदिएको हो ।

क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा  तथा निक्षेप सदस्य (डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ । 

आगमी मा निकट भविष्यमा कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखि योजनाहरु व्रmमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढ्ने कम्पनीले जनाएको छ । 
 

Advertisment

थप समाचार