काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य अँइतबार कै मूल्यमा कारोबार भएको हो ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार आठ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।