Below Menu
Below Menu

कालिका पावरले डाक्यो साधारणसभा, १०.५२ प्रतिशत लाभांश पारित गर्ने 

कालिका पावरले डाक्यो साधारणसभा, १०.५२ प्रतिशत लाभांश पारित गर्ने 

काठमाडौं : कालिका पावर कम्पनी लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट शेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२  प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश अपारित गर्न कम्पनीले आगामी पुस २८ गते वार्षिक साधारण सभा डोकेको छ । 

सो सभा दियालो फूडल्याण्ड चितवन प्रालि भरतपुरमा बिहान १ज्ञ बजे हुनेछ । सभाले लाभांश प्रस्तावसहित गत आवको वित्तीय विवरण लगायत लेखा परिक्षक नियुक्र गर्ने , निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिका निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ । 

सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस १७ गतेसम्म कायम भक्एा शेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन र कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।