Below Menu
Below Menu

रेसिङ अटोमोबाइल्सको नयाँ वर्ष योजना: गाडी खरिदकर्तालाई वर्षभरी नै इन्धन उपहार

रेसिङ अटोमोबाइल्सको नयाँ वर्ष योजना: गाडी खरिदकर्तालाई वर्षभरी नै इन्धन उपहार

काठमाडौं : रेसिङ अटोमोबाइल्सले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा आफ्ना ग्राहकहरुका लागि बम्पर योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत नयाँ वर्षको अवसरमा गाडी खरिद गर्ने हरेक ग्राहकलाई एक वर्षसम्म नै इन्धन उपहारमा दिने सो अटोमोबाइल्सले जनाएको हो ।

बम्पर योजना अन्तर्गत अंग्रेजी नयाँ वर्ष सन् २०२४ शुरुहुने दिन (पुस १५ गते राती १२ बजे) देखी ३० दिनसम्म सो अटोमोबाइल्स मार्फत नयाँ तथा पुराना जुनसुकै गाडी खरिद गर्ने ग्राहकले पनि सन् २०२४ भरि नै हरेक महिना इन्धन खरिदको लागि २ हजार २४ रुपयाँ प्राप्त गर्ने छन । यस्तो नगद उपहारको अलावा हरेक ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्ने अटोमोबाइल्सका अध्यक्ष रुद्र ढुङ्गेलले जानकारी दिएका छन ।

उनका अनुसार यस्तो सुबिधा र उपहार प्राप्त गर्न खरिदकर्ताले तोकिएको समय भित्र प्रतक्ष रुपमा अटोमोबाइल्सको सो रुम तथा बिक्री कार्यालयमा उपस्थित भएर वा कुनैपनि डिजिटल भुक्तानी मार्फत गाडी बुकिंग गरेको हुनुपर्ने छ । कम्तिमा २५ हजार रकम बुझाएर गाडी बुकिंग गर्ने ग्राहक यस्तो उपहार र सुबिधाको हकदार हुनेछन ।

सबै प्रकारका नयाँ तथा पुराना गाडीहरुको बिक्री(वितरण गर्दै आएको रेसिङ अटोमोबाइल्स कलंकी भाटभटेनीदेखी २०० मिटर पुर्बतर्फ रेसिङ्ग बजारमा रहेको छ । रेसिङ अटोमोबाइल्सले सुलभ मुल्यमा ग्राहकको रोजाई अनुसारका सबै प्रकारका नयाँ तथा पुराना गाडीहरु उपलब्ध गराएर गाडीका पारखी र आम ग्राहक बीच लोकप्रियता हाँसिल गरेको छ ।
 

Advertisment

थप समाचार