काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आइतबार कै मूल्यमा कारोबार भएको हो ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।