Below Menu
Below Menu

ईभीको माग ७४.४ प्रतिशतले बढ्यो, एक वर्षमै बिएमडब्ल्यूले बेच्यो २५ लाख ६० हजार कार

ईभीको माग ७४.४ प्रतिशतले बढ्यो, एक वर्षमै बिएमडब्ल्यूले बेच्यो २५ लाख ६० हजार कार

बर्लिन : जर्मन कार निर्माता कम्पनी बिएमडब्ल्यू ग्रुपले मिनी रोल्स रोयस कारको विश्वव्यापी बिक्रीमा वार्षिकरूपमा ६.५ प्रतिशतले वृद्धि गरी सन् २०२३ मा २५ लाख ६० हजार पुगेको मङ्गलबार जनाएको छ । 

ब्याट्रीबाट चल्ने विद्युतीय बाहन (बीईभी) को डेलिभरी वार्षिक रूपमा ७४.४ प्रतिशतले बढेर तीन लाख ७६ हजार भन्दा बढी सङ्ख्या पुगेको कम्पनीले जनाएको छ ।

बिएमडब्ल्यू एजीको बोर्ड अफ म्यानेजमेन्टका सदस्य जोचेन गोलरले भने,  “हाम्रा नयाँ, अत्यधिक आकर्षक र प्राविधिक रूपमा उत्कृष्ट सवारी साधनहरूको साथ, हामी २०२३ मा विद्युतीय आवागमनलाई अझ गतिशील रूपमा बढाउन सक्षम भएका छौं । यस वर्ष, कम्पनीका नवनिर्मित कारको हरेक पाँचमध्ये एक बीईभी हुने र सन् २०२५ सम्ममा कूल उत्पादनको चारमध्ये एक बीईभी कार बनाउने लक्ष्य राखिएको छ ।

गोलरले भने, “हाम्रो पूर्ण विद्युतीय उत्पादनहरूको लागि हामीले माग निरन्तर उच्च भइरहेको देखेका छौँ ।” चीनमा बिएमडब्ल्यू ब्रान्ड र मिनीको बिक्री ४.२ प्रतिशतले बढेर करिब आठ लाख २५ हजार पुगेको छ ।

Advertisment

थप समाचार