Below Menu
Below Menu

योजना बनाउनु, नयाँ व्यवसायमा लगानी गर्न बैंक र व्यवसायी आतुर छन् : अध्यक्ष ढकाल 

योजना बनाउनु, नयाँ व्यवसायमा लगानी गर्न बैंक र व्यवसायी आतुर छन् : अध्यक्ष ढकाल 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बैंक तथा वित्तीय सस्था लगानी गर्ने ठाँउको खोजीमा रहेको बताएका छन । शुक्रबार नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाईईएफ)को एनवाईईएफ स्टार्टअप अवार्ड कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, अहिले बैंक तथा वित्तीय सस्थाहरुले नै कहाँ लगानी गर्ने भनेर खोजी गरिरहेका छन् । नयाँ योजनामा व्यवसायीहरुले नै लगानी गर्न खोजिरहेका हुन्छन् । यसले गर्दा पछिल्लो समय नयाँ स्टार्टअप उद्यमीहरुलाइ धेरै नै सगज भएको छ । 

नयाँ नयाँ उद्यमीहरु आइरहेकाले स्टार्टअपलाई एफएनसीसीआइले धेरै नै प्राथमिकता दिने गरेको समेत उनले बताए । करिव ४० वर्षअघिसम्म कुनै एक युवासंघसंग कुनै उपाय छ भने न कुनै वित्तीय सहजता थियो । न त कसैले सहयोग नै गर्थे । तर अहिले त त्यस्ता युवाहरुलाइ साथ सहयोग गर्नका लागि धेरै नै ठाँउ  छ, उनले भने ।

कार्यक्रममा आफुले गरेको संघर्षबारे बताउँदै उनले इमान्दार भएर काम गर्ने हो भने छोटो समयमै धेरै प्रगति गर्न सकिने बताए । 

'म पैसा नभएको मानिसले व्यवसाय गरेर एफएनसीसीआइको अध्यक्ष बन्न सके । सम्भवत म नै मात्र यस्तो पात्र होला भन्ने लाग्छ,' उनले भने।

Advertisment

थप समाचार