Below Menu
Below Menu

नेपालमै उद्यम गर्नेलाई सरकारले सहयोग गर्छ: बैकुण्ठ अर्याल 

नेपालमै उद्यम गर्नेलाई सरकारले सहयोग गर्छ: बैकुण्ठ अर्याल 

काठमाडौं : सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालले  व्यवसायी तथा लगानीकर्ताहरुमा आएको समस्या हटाउनगरि अध्ययन गरिरहेको बताएका छन् । शुक्रबार नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाईईएफ)को एनवाईईएफ स्टार्टअप अवार्ड कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, 'व्यवसायी र लगानीकर्ताहरुमा देखिएका समस्याबारे सरकारले अध्ययन गरिरहेको छ । दुई तीन महिनामै यसको नतिजा आउँछ।'

त्यस्तै उनले स्टार्टअपको नीति मात्र ल्याएर नहुने बताउदै कार्यान्वयनमा पनि ध्यान दिनु पर्ने बताए । 'नयाँ उद्यमीहरुने उत्पादन गरेका वस्तुहरुको बजारीकरण आवश्यक रहेको छ । बजारमा तिव्र प्रतिस्पर्धा छ । योजना संगै बजारको योजना पनि बनाउनु पर्छ, 'उनले भने । 

स्टार्टअप उद्यमीहरुलाइ सरकारले सहयोग गरिरहेको उनले बताए । उनले भने, 'स्टार्टअप उद्यमीहरुलाइ सरकारले पहिलो प्राथमिकता दिने गरेको छ । योजना बनाएर अगाडि बढनु पर्यो । सहयोग गर्न सरकार तयार छ ।` 

स्टार्टअपहरुलाइ सहयोग गरेर कहिलेकाहीँ समस्या हुने गरेको उनले बताए। स्टार्टअपको पहिचान हुन नसक्दा यो समस्या आउने गरेको बताउँदै उनले यसबारे  सजक हुँदै आएका बताए ।

'धेरै युवाहरू नेपालमै केही गरौ भन्ने सोच बोक्नु भएको छ । यहि केही गर्ने, नेपाली उद्यमी बन्ने योजना बोकेकाहरुलाइ सरकारले सधै सहयोग गर्छ' उनले भने।

Advertisment

थप समाचार