Below Menu
Below Menu

इप्पान कार्यसमिति विरुद्ध परेको रिट खारेज, समितिले पायो वैधानिकता

इप्पान कार्यसमिति विरुद्ध परेको रिट खारेज, समितिले पायो वैधानिकता

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ कार्यसमिति विरुद्ध परेको रिट खारेज भएको छ।  

उच्च अदालत पाटनले आज (बुधबार) इप्पानमा अध्यक्षका आकांक्षी किरण मल्लको समुहले दायर गरेको मुद्दाको रिट खारेज गरेको हो । यो रिट खारेजसँगै इप्पान कार्यसमितिले बैधानिकता पाएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय लेखानाथ पौडेल र बद्री प्याकुरेलको संयुक्त बेच्नले मल्ल समूहले दायर गरेको रिटमा दाबी नपुगेको भन्दै रिट निवेदन खारेजी गरेको हो ।  

गत जेठ ३२ गते सम्पन्न साधारणसभाले गणेश कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेपछि मल्लको समुह असार २५ गते अदालतमा निर्वाचित कार्यसमिति, निवर्तमान अध्यक्ष र महासचिव, निर्वाचन समितिसहित जिल्ला प्रशासन कार्यालय ललितपुरलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका थिए ।

उक्त समूहले वर्तमान कार्य समितिलाई काम गर्न नदिनु भन्दै दायर गरेको मुद्दामा ६ महिना पछि सुनुवाइ भएको हो । 

Advertisment

थप समाचार