Below Menu
Below Menu

नेपाल राष्ट्रिय व्यवसायी महासंघको सल्लाहकारमा हेम कार्की मनोनित

नेपाल राष्ट्रिय व्यवसायी महासंघको सल्लाहकारमा हेम कार्की मनोनित

काठमाडौं : नेपाल राष्ट्रिय व्यवसायी महासंघको सल्लाहकार समितिमा हेम बहादुर कार्की मनोनित भएका छन् ।

कार्कीको बौद्धिकता र क्षमताको आवश्यकता महसुस गर्दै केन्द्रीय कार्यसमितिले सल्लाहकार समितिको सदस्यमा मनोनित गरेको हो ।

महासंघको विधान अनुसारको उद्देश्य परिपूर्ति र महासंघको हित सम्बर्द्धन गर्न कार्कीलाई सल्लाहकारमा मनोनित गरिएको अध्यक्ष कुमार कार्कीले जानकारी दिए । 

कार्की युवा सहकारी अभियन्ता हुन् । पछिल्लो समय उनी सहकारी अभियानमा सकृय छन् । जिल्ला सहकारी संघ काठमाडौंका सञ्चालक समेत रहेका कार्की जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् ।

Advertisment

थप समाचार