काठमाडौं : इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ्ग एपको नयाँ योजना अन्तर्गत ‘अब टप-अपमा उपहार’ शुरू गरेको छ । योजना अन्तर्गत ग्राहकहरुले आफ्नो सहकारी/लघुवित्तको मोबाइल बैंकिङ्ग एपमार्फत एनटिसी र एनसेल दुवै नम्बरमा टप-अप गर्दा स्मार्ट टिभी र आकर्षक उपहार जित्ने मौका पाउने छन् ।
यस योजना अन्तर्गत बम्पर उपहारमा यसुदा ब्रान्डको ३२ इन्चको टिभी प्राप्त गर्नेछन् । त्यस्ते थप उपहारमा नोइज ब्रान्डको इअरबड्स, खल्ती प्रोको सदस्यता र अनर ब्रान्डको स्मार्ट–ब्यान्ड्स रहेको छ । यो योजना ३१ चैत्रमा समाप्त हुने कम्पनीले जनाएको छ। यस योजनाका विजेताहरु इन्फोडेभलपर्स र एम डबली मोबाइल बैंकिङ्गको फेसबुक पेजमार्फत घोषणा गरिनेछ ।
यस योजनाबाट सहकारी/लघुवित्तका सदस्यहरुले आफ्नो मोबाइलबाटै रिचार्ज र डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य इन्फोडेभलपर्सले राखेको छ । सदस्यहरूलाई मोबाइल बैंकिङ्गको सुविधा अझै सुलभ र सजिलो बनाउनुका साथै मोबाइल बैंकिङ्ग एपको प्रयोगकर्ताहरू बढाउने लक्ष्य राखेको इन्फोडेभलपर्सका डिजिटल बैंकिङ्ग प्रमुख विदित वाग्लेले बताए ।
त्यसैगरी, योजनाले सहकारी तथा लघुवित्तको क्षेत्रमा मोबाइल बैंकिङ्ग एपको अनुभवमा सकारात्मक परिवर्तन ल्याउनुका साथै नयाँ सदस्यहरू बनाउने, ग्राहक संलग्नता बढाउने, र मोबाइल बैंकिङ्ग एपको प्रयोगमा वृद्धि हुने अपेक्षा गरेको इन्फोडेभलपर्सका बजार प्रमुख रेशम भण्डारीले बताए ।
सन् २००२ मा स्थापना गरिएको इन्फोडेभलपर्स प्रालि, सहकारी र बैंक तथा वित्तीय संस्थाहरुको लागि कोर बैकिङ्ग प्रणाली, मोबाइल बैकिङ्ग एप तथा स्वचालित कार्यालय सन्चालन प्रणालि विकास गर्ने अग्रगामी फिनटेक कम्पनी हो ।
नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी र बैंक तथा वित्तीय संस्थाहरुको लागि विभिन्न परियोजना, प्रडक्ट र सेवा दिने इन्फोडेभलपर्समा हाल ३५० बढी कर्मचारीहरुले काम गरिरहेका छन्।

Advertisment