Below Menu
Below Menu

४० करोडको आईपीओ जारी गर्दै माउन्टेन ग्लोरी, बिक्री प्रबन्धकमा एल एस क्यापिटल नियुक्त 

४० करोडको आईपीओ जारी गर्दै माउन्टेन ग्लोरी, बिक्री प्रबन्धकमा एल एस क्यापिटल नियुक्त 

काठमाडौं : माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ४० लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

बिगत ८ वर्ष देखि दोभिल्ला, पोखरा स्थीत माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी आएको माउन्टेन ग्लोरी कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फबाट अध्यक्ष शुनिल भक्त श्रेष्ठ तथा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० प्रतिशत लगानी रहेको उक्त रिसोर्टले रकम ४० करोडको शेयर निकट भविष्यमा निष्काशन गर्ने योजना रहेको छ । शेयर निष्काशन पश्चात कोठाहरु थप गरी विदेशी होटल संग अनुबन्धन गरे पश्चात पाँच तारे होटलकोे रुपमा सेवा उपलब्ध गराउने योजना कम्पनीको रहेको छ ।

हाल जारी पूँजी एक अर्ब ५० करोड रहेको माउन्टेन ग्लोरीले पोखराको दोभिल्ला स्थीत करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठा सहित बिषेश सुविधा सम्पन्न रिसोर्टको रुपमा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी सुविधा उपलब्ध गराउदै आएको छ । 

Advertisment

थप समाचार