Below Menu
Below Menu

नेप्से परिसूचक २१ सय बिन्दुमा, साढे चार अर्बको कारोबार 

नेप्से परिसूचक २१ सय बिन्दुमा, साढे चार अर्बको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १०.३७ अंकले बढेर २०९४.४६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १५० कम्पनीको शेयरमूल्य बढेको छ । भने ८६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा चार अर्ब ५६ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा तीन अर्ब ८३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६० करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्ने कम्पनीमा युनियन हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज गरिमा डिबेञ्चरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार