काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
उक्र प्रस्तावित नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपपछि शेयरधनीले पाउनेछन् ।
Advertisment