बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरण: व्यवसायी अरुण चौधरी पक्राउ

बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरण: व्यवसायी अरुण चौधरी पक्राउ

काठमाडौं : व्यवसायी अरुण चौधरी पक्राउ परेका छन्। बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो।

सीआईबीका एसएसपी दिनेश आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ। 

चौधरी सिजी होल्डिंग्सका अध्यक्ष हुन्।

छालाजुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो कम्पनीको नामसारी गरेको घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीको भनाइ छ ।