Below Menu
Below Menu

१८८ प्रतिशतले बढ्यो एनआरएन ईन्फ्रास्टक्चरको नाफा

१८८ प्रतिशतले बढ्यो एनआरएन ईन्फ्रास्टक्चरको नाफा

काठमाडौं : एनआरएन ईन्फ्रास्टक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

पुस मसान्त सम्ममा कम्पनीले १ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८८.०३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले १ करोड ६६ लाख कुल आम्दानी गर्दा ५४ लाख खर्च गरेको छ ।

१ अर्ब २२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपिएस) बढेर २ रुपैयाँ ६७ पैसा पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १४९.५३ रुपैयाँ रहेको छ ।

Advertisment

थप समाचार