काठमाडौं : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले ४९ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ ।
गत आवको सोही अवधिमा २ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफामा सुधार देखिएको हो । समिक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी बढेका कारण नोक्सानी घटेको हो ।
पुस मसान्तसम्ममा कम्पनीले १९ करोड ४६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ११८.१२ प्रतिशत बढी हो। गत आवको सोही अवधिसम्ममा कम्पनीले ८ करोड ९२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
यस अवधमिा कम्पनीको कुल नाफा २२५.१५ प्रतिशत बढेको छ भने कुल आम्दानी २१६.७१ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको कुल सञ्चालन खर्च २९.०९ प्रतिशत बढेको छ ।
पुस मसान्तसम्म कम्पनी नोक्सानी घटेसँगै प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ । गत वर्ष ७.८६ रुपैयाँ ऋणात्मक रहेको कम्पनीको यस्तो आम्दानी यस अवधिमा आइपुग्दा अवधिसम्ममा १.४१ रुपैयाँ रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ ४२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७७५.८३ गुणा रहेको छ ।
Advertisment