काठमाडौं : कालिन्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । दोस्रो त्रैमाससम्म आइपुग्दा कालिन्चोक दर्शन लिमिटेडको खुद नाफा ६.४० प्रतिशतले बढेर ६४ लाख ३४ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ६० लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
बाह्य तथा आन्तरिक पर्यटन व्यवसायमा सुधार आउँदा कम्पनीको नाफा बढ्न पुगेको कम्पनीले जनाएको छ । एक वर्षको अवधिमा सञ्चालन आम्दानी ३५.३७ प्रतिशतले बढेर ३ करोड ३० लाख ८३ हजार रुपैयाँ पुगेको छ ।
सञ्चालन नाफा ७१.८४ प्रतिशतले बढेर १ करोड ३७ लाख ३० हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ८६ पैसा छ ।
Advertisment