काठमाडौं : घोराही सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०८०८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ ।
प्रकाशित विवरण अनुसार समिक्षा अवधिमा कम्पनीले ४१ करोड ८४ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी भने १.४० प्रतिशतले बढेर १ अर्ब ७१ रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी १ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो। कम्पनीको सञ्चालन आम्दानी बढेपनी बिक्रि, खर्च र वित्तीय खर्चमा आएको बृद्धिले कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो ।
४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन अर्निङमा २ अर्ब ९९ करोड, अन्य जगेडा कोषमा ७ करोड ९० लाख रुपैयाँ छ । सेयर प्रिमियमा २ अर्ब ६५ करोड रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ १६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ४५ पैसा छ।
Advertisment