Below Menu

सुनको मूल्य स्थिर, चाँदी बढ्यो 

सुनको मूल्य स्थिर, चाँदी बढ्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको बुधबारकै मूल्यमा कारोबार भएको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

Sponsored Advertisement

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार