काठमाडौं : सरकारकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेका छ । शुक्रबार अर्थमन्त्रालयमा बजेट र बजेट संशोधनका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँको बजेटको सिलिङ दिएको उनले बताए । आयोगको सिलिङ भित्र रहेर सरकारले आर्थिक वर्षको बजेट ल्याउनुपर्ने हुन्छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको दफा ७ मा माघ मसान्तभित्र आगामी वर्षको बजेटको सीमा निर्धारण गर्नु पर्ने भए पनि फागुन ४ गते सिलिङ सार्वजनिक गरिएको हो ।