Below Menu
Below Menu

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख २३ हजार पुग्यो 

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख २३ हजार पुग्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस अघि गत पुस १२ गते एकैदिन तोलामा १३ सयले बढेर एक लाख २२ हजार पुगेको सुनको मूल्यले रेकर्ड तोकेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार