काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर एक लाख २६ हजार पुगेको सुनको मूल्य आज स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।