Below Menu
Below Menu

काबेली-३ जलविद्युत आयोजनाको हेडरेस टनेल ‘ब्रेक थ्रु’

काबेली-३ जलविद्युत आयोजनाको हेडरेस टनेल ‘ब्रेक थ्रु’

काठमाडौं : काबेली-३ जलविद्युत आयोजना २१.९३ मे वा को अडिट-१ देखि अडिट-२ सम्मको १८७४ मिटरको हेडरेस टनेल  ब्रेक थ्रु भएको छ। आइतबार भुगोल इन्फ्रास्ट्रक्चर कम्पनीले निर्माण गरेको उक्त आयोजनाको हेडरेस टनेल ब्रेक थ्रु भएको हो। 

ताप्लेजुङमा निर्माणाधिन आयोजनाको प्रवर्द्धन हिलटन हाईड्रो इनजी लिमिटेडले गरेको छ ।

यसैगरी शनिबार भुगोल इन्फ्रास्ट्रक्चर कम्पनीले निर्माण गरिरहेको सुपर काबेली खोला ए क्यासकेट जलविद्युत आयोजनाको पनि एचआरटी टनेलको पनि ब्रेक थ्रु भएको छ। ताप्लेजुङ्ग जिल्लाको सिरीजङ्घा गाँउपालिका वडा न ७ र ८ मा पर्ने काबेली खोलामा निर्माण भईरहेको उक्त आयोजनाको प्रवर्द्धक हिलटन हाईड्रो इनजी लिमिटेड रहेको छ।

सुपर काबेली खोला ए क्यासकेट १२ मेगावट जलविद्युत आयोजनाको ७५ प्रतिशत निमार्ण कार्य सम्पन्न भएको  कम्पनीले जनाएको छ।

Advertisment

थप समाचार