Side Logo

बढ्दो पर्यटक आगमनले उत्साहित बैंक, साढे ११ अर्बले बढाए होटलमा लगानी

बढ्दो पर्यटक आगमनले उत्साहित बैंक, साढे ११ अर्बले बढाए होटलमा लगानी

काठमाडौं : अर्थतन्त्रको मुख्य खम्बाको रुपमा रहेको नेपालको पर्यटन क्षेत्र पुरानै लयमा फर्किएको छ । कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र अहिले उत्साहित बनेको छ भने पर्यटन आवागमनमा पनि उल्लेख्य सुधार भएको छ ।

नेपालका पर्यटकीयस्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको सङ्ख्या बढेसँगै व्यवसायीहरु पनि उत्साहित देखिन्छन् । पर्यटकीय गतिविधि बढेसँगै विभिन्न देशबाट भित्रिने पर्यटक आगमन सङ्ख्या बढिरहेको छ । 

सन् २०२४ को तीन महिनामा मात्रै तीन लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यस वर्षको जनवरीमा ७९ हजार १०० र फेब्रुअरीमा ९७ हजार ४२६ र मार्चमा एक लाख २८ हजार १६७ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । जुन ३३ दशमलव ७८ प्रतिशतले बढी हो । सन् २०२३ को पहिलो तीन महिनामा दुई लाख २७ हजार सात सय ५५ जना पर्यटक आएका थिए ।

पर्यटन क्षेत्रमा देखिएको सुधारले पनि बैंकहरुले लगानी बढ्न थालेको छ । पर्यटन क्षेत्र चलायमान बन्दै गएपछि होटल तथा यससँग सम्वन्धित पूर्वाधार निर्माणका कामहरुपनि धमाधम अघि बढेका छन् । पर्यटन पूर्वाधार निर्माणमा आएको बढोत्तरीले पनि बैंकहरुको कर्जा लगानी बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सवा दुई खर्ब लगानी गरेका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब २५ अर्ब १२ करोड रुपैयाँ लगानी गरेका हुन् ।

गत आवको सोही अवधिको तुलनामा पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी १५ अर्ब ९५ करोड रुपैयाँ अर्थात ७.६२ प्रतिशतले बढेको छ । आव २०७९/८० को माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले होटल तथा पर्यटन क्षेत्रमा २ खर्ब ९ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए ।

साढे ११ अर्बले बढ्यो वाणिज्य बैंकको लगानी

राष्ट्र बैंकका अनुसार यस अवधिमा होटल तथा पर्यटन क्षेत्रमा वाणिज्य बैंकहरुले मात्रै एक खर्ब ९३ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा एक खर्ब ८१ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेका वाणिज्य बैंकहरुले यस अवधिमा सो क्षेत्रको लगानी ११ अर्ब ६६ करोड रुपैयाँले बढाएका हुन् ।

त्यसैगरी यस अवधिमा होटल तथा पर्यटन क्षेत्रमा विकास बैंकहरुले २६ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गर्दा फाइनान्स कम्पनीले ५ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

कुन बैंकले कति गरे लगानी ?

चालु आवको माघ मसान्तसम्म होटल तथा पर्यटन क्षेत्रमा नेपाल बैंकले ७ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकले १३ अर्ब ६१ करोड रुपैयाँ लगानी गर्दा नबिल बैंकले ११ अर्ब १८ रुपैयाँ कर्जा लगानी गरेको छ । जुन ३३.२६ प्रतिशतले बढी हो । 

त्यसैगरी माघ मसान्तसम्म होटन तथा पर्यटन क्षेत्रमा नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दाबढी २२ अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । तर, गत वर्षको सोही अवधिको तुलनामा बैंकको लगानी ०.१५ प्रतिशतले घटेको छ । 

त्यसैगरी गत वर्षको माघ मसान्तसम्म होटल तथा व्यवसायमा एक अर्ब ५६ करोड लगानी गरे स्ट्याण्डर्ड चार्टर्डले यस अवधिमा एक अर्ब २५ करोड रुपैयाँ मात्र कर्जा लगानी गरेको छ । जुन १९.८९ प्रतिशतले कम हो । 

राष्ट्र बैंकका अनुसार यस अवधिमा होटल व्यवसायमा हिमालयन बैंकले ६८.८९ प्रतिशतले लगानी बढाएको छ । गत वर्षको सोही अवधिमा ६ अर्ब ७२ करोड लगानी गरेको बैंकले चालु आवको यस अवधिमा एक खर्ब १३ अर्ब ५८ करोड रुपैयाँ लगनाी गरेको हो । 

त्यसैगरी यस अवधिमा होटल व्यवसायमा कुमारी बैंकको लगानी पनि ६६.३५ प्रतिशतले घटेको छ । माघ मसान्तसम्म बैंकले ४ अर्ब ९८ कुरोड रुपैयाँ लगानी गरेको छ । जबकी गत वर्षको सोही अवधमिा बैंकको लगानी १३ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो । 

अन्य बैंकको लगानी 

Sponsored Advertisment

Advertisment