Below Menu
Below Menu

सिएचटिसी मोटर्सका चिनियाँ भ्यानहरु मेगा बिजनेस ग्रुपले नेपाल भित्र्याउँदै   

सिएचटिसी मोटर्सका चिनियाँ भ्यानहरु मेगा बिजनेस ग्रुपले नेपाल भित्र्याउँदै   

काठमाडौं : चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स) को नेपालको लागि आधिकारिक बिक्रेताको रुपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ । यी दुई कम्पनीहरुले यस सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस अनुसार अब  मेगा बिजनेस ग्रुपले  सिएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका विद्युतीय भ्यानहरुको नेपाली बजारमा बिक्री वितरण गर्नेछ । 

व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने यी भ्यानहरु वातारण मैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जानकारी गराएको छ ।   साथै अपिलको अन्त्यतिर यी उत्पादनहरु नेपाली बजारमा उपलब्ध हुनेछन ।  

६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी , ४१.८६ किलोवाट क्षमताको ब्याट्री , २८५ किलोमिटर रेञ्ज (एक पटकको फुल चार्जमा), लिथिएम आएन ब्याट्री प्याक,  २०५ एम. एम. ग्राउण्ड  क्लिएरेन्स , सुविधाजनक कम्पनी जडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका विशेषताहरु रहेका छन ।

यिनीहरुमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ जुन नेपालमा हाल उपलब्ध अन्य कुनै पनि भ्यानहरुमा पाइदैन । त्यस्तै विशेषत: ११ सिट क्षमताको भ्यानमा बुट स्पेस समेत उपलब्ध छ । 
 

Advertisment

थप समाचार